Comments Add Comment

कुन एपले तपाईंका के-के व्यक्तिगत सूचना लिन्छन् ? हेर्नुहोस् सूची

फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्राम लगायतका इन्स्ट्यान्ट म्यासेजिङ एपहरु हाम्रो दैनिक जीवनकाअभिन्न अंग भइसके । यी एपहरु हाम्रो मोबाइलमा इन्स्टल गरेपछि हाम्रा के कस्ता सूचना र जानकारीहरु एपले सुटुक्क लिइरहेका हुन्छन भन्नेबारे हामी धेरैजसो अनविज्ञ नै हुन्छौं ।

एप इन्स्टल गर्ने बेला स्वीकार्न लगाइने प्रयोगका सर्तहरु अधिकांश प्रयोगकर्ताले पढ्दैनन् । जसका कारण आफ्ना कुन कुन व्यक्तिगत सूचना ती एपहरुले संकलन गरेका हुन्छन र त्यस्ता सूचना तेस्रो पक्षलाई विक्री हुन्छन् वा हुँदैनन् भन्ने बिषयमा जानकार हुँदैनन् ।

हालै ह्वाट्सएपले गरेको नीतिगत संशोधनसँगै प्रयोगकर्ताका सूचनाको संकलन र बिक्रिमा आम प्रयोगकर्ताको चासो बढेको छ । ह्वाटसएपको नयाँ नीति पढेपछि थाहा हुन्छ कि यो एपले तपाई हाम्रा निकै धेरै सूचनाहरु संकलन गर्ने रहेछ ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएप जस्ता म्यासेजिङ एपहरुले प्रयोगकर्ताका निजी सूचना संकलन गरेको खुलेपछि सिग्नल लगायतका एपहरुको प्रयोग बढ्न थालेको छ जसले निकै कममात्र प्रयोगकर्ताका सूचना लिन्छन् ।

एप स्टोरमा उपलब्ध सूचनाहरुको विश्लेषण गर्दा प्रयोगकर्ताका निजी सूचना संकलनमा ह्वाट्सएप सबैभन्दा अगाडि देखिएको छ । त्यसपछि फेसबुक म्यासेन्जर छ । सिग्नल एपले प्रयोगकर्ताको मोबाइल नम्बर बाहेक कुनै पनि सूचना लिने नगरेको पाइएकोछ ।

एपहरुले कुन कुन विवरण संकलन गर्छन भन्ने कुरा ती एपको गोपनीयता सम्बन्धी नीतिमा उल्लेख गरिएको हुन्छ तर निकै लामालामा यस्ता नीतिलाई अधिकांश प्रयोगकर्ताले पढ्दै नपढी एसेप्ट गरिदिन्छन ।

यहाँ फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर र टेलिग्रामले तपाइँको के के व्यक्तिगत विवरणहरु लिइरहेका छन् भन्ने जानकारी दिइएको छ ।

ह्वाट्सएपले तपाइका यी विवरण संकलन गर्छ फेसबुक म्यासेन्जरले तपाइको मोबाइलबाट यी विवरण संकलन गर्छ

 

टेलिग्राम

  • कन्ट्याक्ट विवरण
  • व्यक्तिगतविवरण
  • युजर आईडी

सिग्नल

सिग्नल एपले तपाइँका कुनै पनि व्‍यक्तिगत विवरणहरु लिँदैन । उसले लिने भनेकै तपाइको फोन नम्बर मात्र हो, तर त्यसलाई तपाइँको पहिचानका रुपमा स्टोर गर्दैन । यही कारण पछिल्ला दिन मागो पनि यतामा संवेदनशील प्रयोगकर्ताहरुले ह्वाट्सएप छाड्दै सिग्नल एप प्रयोग गर्न थालेका छन् ।

भाइबर

भाइबरले पनितपाइको मोबाइलको डिभाइस आइडी, लोकेशन, फोन नम्बर, युजर आईडी, इमेल आईडी, नाम र मोबाइलमा सेभ गरिएका फोन नम्बरहरु तपाइँको मोबाइलबाट तानेर सर्भरमा सेभ गरेको हुन्छ । यस्ता डाटाहरु बिभिन्न बिज्ञापनदातालाई दिइ सोही अनुसार तपाइको भाइबर एपमा विज्ञापन देखाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment