+
+
Shares

टेलिग्रामको मुद्दा पनि हेरेन सर्वोच्चले

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:१८

२४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल टेलिग्राम सञ्चालन सम्बन्धी मुद्दा पनि सुनुवाइ नगरी दुई दिनका लागि सारेको छ ।

सरकारको निर्णयबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम सञ्चालनमा रोक लगाएको थियो । त्यसविरुद्ध कानून व्यवसायीहरु अभय जोशी, मोनिका धाख्वा लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भनी दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

न्यायाधीशहरू हरि फूयाल र श्रीकान्त पौडेलको इजलासले मुद्दाको सुनुवाई पनि थालेको थियो । सुनुवाई सुरु भएलगत्तै इजलासले ‘संविधानको मौलिक हकसम्बन्धी व्यवस्था विपरीत टेलिग्राम बन्द भएको’ भन्ने व्यवस्था भएकाले मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश दिनेबारे कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।

त्यसक्रममा कानून व्यवसायीहरूले सामाजिक सञ्जालमा भएको प्रतिबन्धको विरोधमा आन्दोलन चर्किएको र कैयौंको हताहत भएको भन्दै रिट निवेदनको विषयवस्तुमा ध्यान दिन इजलासको ध्यानाकर्षण गराएका थिए । लगत्तै इजलासले ‘बाहिरको भावनात्मक विषयलाई जोडेर इजलासमा प्रस्तुत नहुन र विषयवस्तुमा केन्द्रित हुन’ कानुन व्यवसायीहरूको ध्यानाकर्षण गराएको थियो ।

केहीबेरको सुनुवाइपछि इजलासले संवैधानिक विषयवस्तु समावेश भएको भन्दै मुद्दालाई संवैधानिक इजलासमा पठाउन सकिनेबारे छलफल गरेको थियो । इजलासले नै मुद्दालाई संवैधानिक इजलासमा पठाउने भनेपछि कानुन व्यवसायीहरू पनि सुनुवाइ सकेर हिँडेका थिए ।

‘तर पछि त मुद्दा हेर्न नभ्याउने भनेर पो स्थगित गरेको सूचना आयो’ सर्वोच्च अदालत प्रशासनस्रोतले भन्यो, ‘सोमबार बहस र सुनुवाइ भएको मुद्दा हेर्न नभ्याइने भनेर स्थगित भयो, अब बुधबारका लागि सुनुवाइ हुने पेशी तोकिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?