+
+
Shares

कांग्रेस र माओवादी केन्द्रले बोलाए संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते ९:२४

३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे संसद भवनमा बस्ने छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले खेल्ने भूमिकाबारे संसदीय दलका नेता देउवाले निर्देशन दिने उनी निकट एक नेताले बताए ।

यसैगरी माओवादी केन्द्र संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?