+
+

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते ८:०५

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै छ । इजलास बिहान ११ बजे बस्ने छ । निवेदकको तर्फबाट बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो चल्छ भन्ने कुरामा भर पर्छ ।’

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । त्यसैले आयोगले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।

जसपाको उपेन्द्र-बाबुराम र महन्थ-राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् । आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आइतबार सशरीर निर्वाचन आयोगमा उपस्थित हुने उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षका एक नेताले जानकारी दिए ।

जसपाको महन्थ-राजेन्द्र पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिंदै सरकारमा सहभागी भएको थियो भने उपेन्द्र-बाबुराम पक्ष ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनमा सहभागी भएको थियो ।

उपेन्द्र-बाबुराम पक्ष विपक्षी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने तयारीमासमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?