Comments Add Comment

पाकिस्तानमा अफगानिस्तानी राजदूतकी छोरीमाथि अपहरणपछि कुटपिट

३ साउन, काठमाडौं । पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरमाथि अपहरणपछि कुटपिट भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार सिलसिला अलिखिललाई शुक्रबार राजधानी इस्लामाबादमा बजारबाट घर जाँदै गर्दा अज्ञात समूहले अपहरण गरेको थियो र उनीमाथि कुछपिट पनि गरिएको छ । केही घण्टापछि उनी अपहरणकारीसँग बचेर भाग्न सफल भएकी छिन् ।

पास्तिानी अधिकारीले दिएको जानकारीअनुसार सिलसिला घर फर्किँदै गर्दा उनको कारमा अज्ञात व्यक्तिहरु जबर्जस्ती चढेका थिए र उनीमाथि कुटपिट गरेका थिए । उनीहरुबाट भागेर आएपछि अहिले उनको एक अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिलले अहिले आफ्नी छोरीको अवस्थामा सुधार आएको बताएका छन् । उनले यो आक्रमणलाई अमानवीय आक्रमण भएको बताएका छन् । अफगानिस्तानको विदेशमन्त्रालयले यो घटनामा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

अफगानिस्तानले पाकिस्तानसँग कूटनीतिक अधिकारी र उनीहरुको परिवारको सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले अहिले राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ । प्रधानमन्त्री इमरान खानले गृहमन्त्रीलाई सकेसम्म छिटो अपराधीलार्य पत्ता लगाई कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेका छन् ।

पछिल्लो केही समययता अफगानिस्तानमा हिंसा बढेसँगै यी दुई मुलुकको सम्बन्ध पनि चिसिँदै गएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment