
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने भएपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् ।
दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए । तर एक्कासी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि उनी काठमाडौं आएका हुन् ।
तनहुँकाे दमौलीसम्म गाडीमा आएका उनी त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4