Comments Add Comment

‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिए विजय

हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको नेपालको नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट विजय ठाडा मगर बाहिरिएका छन् । विजय कोच राजुको टिमबाट उत्कृष्ट १२ मा पुगेका थिए । तर, उनी उत्कृष्ट १० भित्र भने पर्न सकेनन् ।

विभिन्न चरण पार गर्दै ४ जना कोचका उत्कृष्ट ३ प्रतिस्पर्धी टप १२ मा पुगेका थिए । दर्शकले अत्याधिक माया गरेको यो शोबाट हरेक २ सातामा एक जना बाहिरिनेछन् ।

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ कोचको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment