+

एथ्लेटिक्स प्रशिक्षक मल्ललाई कोरोना संक्रमण, उनको स्थानमा सन्तोष श्रेष्ठ टोकियो जाने

२०७८ साउन  ३ गते १५:२९ २०७८ साउन ३ गते १५:२९
एथ्लेटिक्स प्रशिक्षक मल्ललाई कोरोना संक्रमण, उनको स्थानमा सन्तोष श्रेष्ठ टोकियो जाने

३ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुन जाने तयारीमा रहेकी नेपाली एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ ।

यही जुलाई २३ देखि जापानमा हुने ओलम्पिकमा सहभागिता जनाउने पक्का भएकी मल्लको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

टोकियो ओलम्पिकको आयोजक कमिटीको कोभिड सम्बन्धी नियमअनुसार अब मल्ललाई ओलम्पिकमा सहभागी गराउन नसकिने पनि कमिटीले जनाएको छ । मल्लले टोकियो जाने खेलाडी सरस्वती चौधरीलाई प्रशिक्षण दिँदै आएकी थिइन् । अब मल्लको स्थानमा अर्का प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठाउने निर्णय भएको ओलम्पिक कमिटीले जनाएको छ ।

श्रेष्ठको नाम सूचीमा गइसकेकोले सम्बन्धित निकायहरुबीच उनलाई पठाउने सहमति भएको कमिटीले जनाएको छ ।

यसअघि एथ्लेटिक्सबाट म्याराथन धावक गोपीचन्द्र पार्की टोकियो ओलम्पिकमा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनको नाम हटेको थियो र एक सय मिटरमा सरस्वतीलाई टोकियो पठाउने निर्णय भएको थियो । सन्तोष श्रेष्ठ गोपीचन्द्रका प्रशिक्षक समेत हुन् ।

इन्द्रकुमारी मल्ल टोकियो ओलम्पिक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय