Comments Add Comment

देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएका हुन् : प्रदीप ज्ञवाली

३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै ज्ञवालीले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

२०५९ असोजमा अक्षम भनेर बर्खास्त भएका देउवालाई तत्कालीन राजाले २०६१ मा प्रधानमन्त्री नियुक्त भएपछि मैले आज श्री ५ बाट न्याय पाएँ भनेको स्मरण गर्दै ज्ञवालीले भने, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ । आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको छ । उतिबेला श्री ५, अहिले श्रीमान ५ ।’

प्रतिनिधिसभा विघटन गलत भएको भए दलहरुले निर्णय गर्न दिनुपर्ने भन्दै उनले भने, ‘रेफ्रीले आफैं गोल हानिदिनुभयो । विजेता घोषणा गरिदिनुभयो । रेफ्रीले हानेको गोलबाट विजेता हुनुभएको छ । तर प्रणाली भत्कियो भने ….।’

संविधानको धारा ७६(५) को अपव्याख्या गरेर जस्केलाबाट निर्दलीय व्यवस्थालाई छिराइएको र यसले शक्तिपृथकीकरणको सिद्धान्त खल्बलिने आफू र आफ्नो दलको चिन्ता भएको एमाले सचिव ज्ञवालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment