Comments Add Comment

दोस्रो टी-२० मा इंग्ल्याण्ड विजयी

४ साउन, काठमाडौं । जोस बटलरको अर्धशतक अनी मोइन अलीको अलराउण्ड प्रदर्शन प्रेरित इंग्ल्याण्डले दोस्रो टी-२० मा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।

यस जितपछि घरेलु टोली इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब तेस्रो टी-२० निर्णायक बन्ने भएको छ ।

लिड्समा इंग्ल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि ओपनर मोम्मद रिजवानले सर्वाधिक ३७ रन बनाउदा शदाब खानले अविजित ३६ रन जोडे ।

इंग्ल्याण्डका लागि शकिब महमुदले ३ तथा मोइन अली र अदिल रसिदले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर २०० रन बनाउको थियो । जोस बटलरले ३९ बल खेल्दै ७ चौका २ छक्का मद्दतमा ५९ रन बनाए । लिएम लिभिङ्गस्टोनले ३८ र मोइन अलीले ३६ रन जोडे ।

पाकिस्तानका मोहाद हासनेनले तीन तथा इमाद वासिम र हरिस राउफले समान २ विकेट लिए ।

यी दुई टोलीबीचको निर्णायक टी-२० मंगलबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment