+
+

पाकिस्तानबाट सबै कूटनीतिक अधिकारी फिर्ता बोलाउने अफगानिस्तानको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १२:०७
पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिल।

४ साउन, काठमाडौं । अफगानिस्तानले पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

अफगानिस्तानको विदेशमन्त्रालयले राष्ट्रपति असर्फ घानीको आदेशमा पाकिस्तानको लागि आफ्ना राजदूतसहितका सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने निर्णय भएको बताएको छ । अफगानिस्तानले यो कदम सुरक्षाको कारण लिनुपरेको बताएको छ ।

पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीमाथि अपहरणपछि आक्रमण भएसँगै अफगानिस्तानले यस्तो घोषणा गरेको हो । यसअघि गत शुक्रबार पाकिस्तानको इस्लामाबादमा बजारबाट आफ्नो घर फर्किँदै गरेकी अफगानिस्तानका राजदूतकी छोरीको अपहरण भएको थियो र उनीमाथि कुछपिट भएको थियो । यद्यपि उनी अपहरणकारीबाट बचेर भाग्न सफल भएकी थिइन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । अफगानिस्तानले आफ्ना सबै वरिष्ट कूटनीतिक अधिकारी फिर्ता गर्ने निर्णय गर्नुलाई पाकिस्तानले भने ‘दुर्भाग्यपूर्ण र दुखद्’ भएको बताएको छ ।

पछिल्लो केही समययता अफगानिस्तान र पाकिस्तानको सम्बन्ध चिसिएको छ । अफगानिस्तानले पाकिस्तानमाथि तालिबानलाई सहयोग दिँदै आएको आरोप लगाउने गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?