
४, साउन,काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) को मेरो सेयर प्रणालीमा समस्या देखिएको छ । आइतबार रातिबाट प्रयोगमा ल्याइएको पुँजीगत लाभकरको गणना गर्ने नयाँ फिचर अपलोडका क्रममा साइट डाउन हुने समस्या देखिएको सिडिएससीले जनाएको छ ।
‘साइट डाउन हुने र ग्राकहलाई काम गर्न कठिन हुनेगरी प्रणाली सुस्त भएको आएको छ, हामी बनाउँदै छौं,’ सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले भने ।
मेरो सेयर खुल्ने र बन्द हुने तथा सेयर ट्रान्सफर ढिलाइ हुने गुनासो आएको उनले बताए ।
मेरो सेयरको प्राविधिक समस्या कै कारण लगानीकर्ताहरु जरिवाना तिर्नु पर्ने गरी ‘क्लोज आउट’मा नपर्ने पनि न्यौपानले दावी गरे ।
प्रणाली दुरुस्त चलाउन काम भइरहको भन्दै उनले समस्या समाधान नभए जरिवाना नलाग्ने गरी सेयर ट्रान्सफर (ईडीआईएस) का लागि समय थप गरिने सूचना अधिकारी न्यौपाने बताए ।
लगानीकर्ताले सेयर बिक्री गरेको एक कार्यदिन भित्रमा सेयर ट्रान्सफर नभए २० प्रतिशत जरिवाना लाग्छ ।
प्रतिक्रिया 4