Comments Add Comment

कोका-कोलाको नयाँ टेलिभिजन विज्ञापन ‘घरमा साथ कोकसँग खास’

कोका-कोलाको नयाँ टिभीसी सार्वजनिक गरेको छ । बितेको बर्षमा महामारीले मानिसहरुको जीवन र सम्बन्धमा परिवर्तन ल्याएपनि धेरै आशाका किरणहरु रहेको भन्दै महामारीले एकछिन विश्राम गरेर साँच्चिकै पि्रयजनहरूसँग एकताका क्षणहरू मनाउने समय प्रदान गरेको थिममा टीभीसी बनेको छ ।

‘घरमा पकाएको खानाको साथ रिफ्रेसिङको कोकको स्वादसँग मज्जा लिएको देख्न पाइन्छ,’ कम्पाीले भनेको छ । ‘घरमा साथ कोकसँग खास’ ट्यागलाइनका साथ यस अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको छ ।

‘यसले हामी हाम्रा पि्रयजनहरूसँग हुँदा हाम्रो घरमा पकाएको खाना, स्वाद र एकताकोकको साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको छ,’कम्पनीले भनेको छ ।

विज्ञापनमा विभिन्न नेपाली खानाहरु देख्न सकिन्छ, जसमा तीन परिवार र साथीहरूको समूहले विभिन्न परिकारहरुको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेका छन् ।

टिभीसीमा ‘जुन दिन संसार बन्द भयो, त्यो दिन हामीले कहाँ जाने थाहा पायौ’ भन्ने देखाइएको छ, जसमा लकडाउनलाई उल्लेख गर्दै आफ्नो कार्यमा फेरि अघि बढ्नु पर्छ भन्ने सन्देश प्रदान गरेको छ ।

भिडियोमा भावनात्मक सन्देश प्रस्तुत गरिएको छ, ‘अब हामीले प्लेटमा खाना खेर फाल्न छोडेका छाैं, किन कि हामीले हरेक पललाई स्वादिलो बनाउन सिकेका छौँ,’ जसले हामीले साधारण चीजहरूलाई पुनःपत्ता लगाएर त्यसको सराहना गरेको कुरा झल्काएको छ ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,’महामारीको सिकार हुँदा मानिसहरूले आˆना परिवारसँग मिलेर नयाँ नयाँ परिकारहरुको परिक्षण गर्दै विभिन्न खानाहरु बनाउन सिक्दै गएँ, जो जसको पहिले खाना बनाउनेमा रुचि थिएन उनीहरु पनि यसमा अग्रसर हुँदै गए । यो नयाँ विज्ञापन यी क्षणहरूबाट प्रेरित छ जुन हामीमाझ सँधै रहन्छ । कोक यी मनमोहक क्षणहरूको एक हिस्सा भएको छ। परिवारहरूले खाना पकाउने, खाने र घरमा सँगै बन्धन जारी राख्ने क्रममा, हामी आशा गर्दछौं कि यस भिडियोको अन्तर्निहित भावनाले मानिसहरूकोमन मुटुलाई छुनेछ र उनीहरूलाई आˆनो घरको खाना खादाँ कोकको बोतलको आवश्यकताको महसुस हुनेछ ।’

टीभीसी कोका-कोलाको विश्वव्यापी अभियानँटुगेदर टेस्ट बेटरू र नेपालको स्थानीयकृत ‘कोक एण्डमिल्स’ को विस्तार हो, जसमा देशको संस्कृति, खाना र जनताको प्रतिबिम्बि झल्किएको छ ।

यस अभियानको माध्यमबाट, कोका-कोलाको उद्देश्य भनेको कोका-कोलाको साथ घरमै पकाएको खानामा एकरूपता मनाउन मानिसहरूलाई प्रेरित गर्नु हो र अभूतपूर्व समयको विशेष क्षणहरूलाई सम्झनु हो ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डेले भने , ‘हामी धेरै समय घरमै बिताउँदा हामीले खाना पकाउने र सँगै खाने जस्तो विशेष र साधारण क्षणहरूलाई पुनः जगाउँदछौं र कोका-कोला सधैं पेय पदार्थको नाममा एक पर्फेक्ट बेभेरेजको रुपमा चिनिदै आएको छ । यस टिभीसी मार्फत हामी उपभोक्ताहरूलाई घरमा पकाएको खाना र कोकको रिफ्रेसिङ स्वादका साथ नजिकका र पि्रयजनहरूका साथ क्षणको कदर गर्न प्रेरित गर्दछौं ।’

पि्रयजनहरूसँग घरको खानामा रमाउन, कोका-कोलाले अब १ लिटर कोकको बोतल मात्र रु. १०० मा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment