Comments Add Comment

खोप उत्पादक देशसँग नेपालले माग्यो थप खोप

४ साउन, काठमाडौं । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

‘साथै अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरुलाई आह्वान गरेका छौं,’ सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

हाल नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले १० लाख डोज खरिद गरेको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने नेपालले खरिद गरेर पनि ल्याएको छ ।

हालै अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment