+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेसका १० नेताको वक्तव्य : समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता दिनुहुन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १८:५२

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरुले पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेको बताएका छन् ।

विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले कांग्रेसलाई बलियो नबनाउने भन्दै उनीहरुले यसलाई तुरुन्त रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ,’ १० नेताले भनेका छन्, ‘यसले आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ ।’

कांग्रेसभित्र पार्टी एकतामार्फत आएका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनीलबहादुर थापालाई दिएको क्रियाशील सदस्यता संख्यामा उनीहरुले प्रश्न उठाएका हुन् । पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यताकै विषयमा धनुषा, बारा र सर्लाहीका नेता कार्यकर्ता धर्ना र आमरण अनशनसमेत बसेका छन् ।

क्रियाशील सदस्यता विवादले महाधिवेशन पनि तोकिएको समयमा हुनेमा संशय देखिएको नेताहरुले बताएका छन् । त्यसैले क्रियाशील सदस्यताको विवाद नलम्ब्याउन उनीहरुले माग गरेका छन् । ‘हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुदैन’ उनीहरुले भनेका छन् ।

पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्ने भएपनि उनीहरुको उपयुक्त व्यवस्थापन गर्ने दायित्व पनि पार्टीको भएको युवा नेताको मत छ । ‘तर एकैचोटी पुराना साथीहरुको विस्थापन हुने गरी जथाभावी गर्नु हुदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको विधिसंगत र तार्किक समाधान गर्नुपर्ने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?