+
+
Shares

ओली समूहले युथ फोर्स बनाएपछि माधव समूहले पीभी ब्युताउने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १४:३०

६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युताउने भएको छ । एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो ।

तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव समूहले पीभी ब्युताउने भएको छ ।

युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम गर्न पीभी आवश्यक परेको बताए । पीभीको घोषणा बिहीबार माधव नेपालले घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि माधव समूहकै अखिलले पनि तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो । एमालेभित्र विवाद बढ्दै गएका बेला दुवै समूहले युवा परिचालन हुने संगठन ब्युताउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?