+
+

प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १८:१२

६ साउन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरुलाई सुनाए अनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएका थिए । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए ।

माओवादी उच्च स्रोतले बताएअनुसार भेटमा राजदूत क्वात्राले खुलेर संवाद गरेका थिएनन् । भारत र माओवादी नेतृत्वबीच अझै चिसोपन रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?