Comments Add Comment

रियालिटी शोका प्रतिस्पर्धीलाई नगद सहयोग र पुरस्कारको घोषणा

केही दिन अगाडि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी विक्की अग्रवाललाई भोट गर्न भन्दै उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरे । यो शोको टप ६ मा पुगिसकेका विक्की सिक्किमका हुन् । उनका लागि अहिले भोटिङ गर्नका लागि सिक्किममा अभियान नै चलेको छ ।

दर्शकको भोट धेरै पाउने प्रतिस्पर्धी शोमा अगाडि बढ्ने नियमका कारण पनि उनीहरुलाई भोट गर्न ठूलै पैसा खर्च हुने गरेको छ । उसो त, भोटकै कारण शो जित्ने नियमका कारण पनि प्रतिस्पर्धीका परिवारले ठूलै रकम खर्च गर्नुपर्ने वाध्यता छ । ‘नेपाल आइडल, कमेडी च्याम्पियन, द भ्वाइस अफ नेपाल’ लगायतका अधिकांश रियालिटी शोमा यही नियम छ ।

‘कमेडी च्याम्पियन’का अर्का प्रतिस्पर्धी भरतमणी पौडेलका लागि ६ लाख रुपैयाँको पुरस्कार राशी नै घोषणा गरिएको छ । उनलाई उनको गृह जिल्ला ताप्लेजुङका सांसद योगेश भट्टराइको अग्रसरतामा पुरस्कार दिइने भएको हो ।

भरतलाई योगेशले १ लाख दिने घोषणा गरेका छन् । साथै, उनलाई ताप्लेजुङ सरोकार समाजले २ लाख, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख, रेडियो तमोरले १ लाख गरी ६ लाख पुरस्कार दिने घोषणा गरिएको छ । तर, यो रकम भट्टराइको कमेडी च्याम्पियनको दौड सकिएपछि मात्र प्रदान गरिनेछ ।

आफ्नै गृह जिल्लाबाट पुरस्कारको घोषणा भएकोमा भरतमणीले खुशी व्यक्त गरे । अनलाइनखबरसँगको भेटमा खुशी व्यक्त गदै भरतमणीले भने–‘नेपाल र नेपाली बाहिरका दाजुभाई तथा दिदीबहिनीहरुबाट पाएको मायाले म निकै नै खुशी छु । यसमाथि, आफ्नै गृहजिल्लाबाट प्रतिभाको कदर हुँदा झनै खुशी लाग्ने रहेछ ।’

यस्तै, ‘द भ्वाइस अफ नेपाल’ पनि भोटिङ राउण्डमा प्रवेश गरेसँगै प्रतिस्पर्धीहरुलाई जिताउन नगद सहयोग तथा संकलन तिव्र रुपमा भैरहेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment