Comments Add Comment

गुल्मीमा सवारी साधन कारवाहीबाट ५१ लाख बढी राजस्व संकलन

८ साउन, गुल्मी । गुल्मी जिल्लामा गत आर्थिक वर्ष ०७७÷७८ मा सवारी कारवाहीबाट ५१ लाख बढी राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ७ हजार ९३९ सवारी साधनलाई कारबाही गरिएको छ ।

सवारी साधन कारबाहीबाट ५१ लाख २३ हजार राजस्व सकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

ट्राफिक नियम उल्लंघन गर्ने जीप/कार २ हजार ८२४ वटा, मोटरसाइकल २ हजार ६५१ वटा, ट्याक्टर ५०५ वटा, बस २६५ वटा र ट्रक ६७० वटालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय गुल्मीले यस आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा वृद्धि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताए । अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा २० लाख बढी राजस्व संकलन भएको भण्डारीको भनाइ छ ।

अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । सो आर्थिक वर्षमा ५ हजार ८७ वटा सवारी साधन माथी कारवाही गरिएको थियो ।

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment