Comments Add Comment

ओलम्पिकमा कोभिडबाट बच्न जापानले कस्तो जुक्ति निकाल्यो ?

आज सुक्रबारदेखि विश्व खेल महाकुम्भ अर्थात ओलम्पिक सुरु भएको छ । टोकियो ओलम्पिक आयोजकका ८० जना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । कोभिडको तनाव र सन्त्रासबीच जापानले खेलको आयोजना गर्दैछ । विश्वभरबाट आउने खेलाडी, खेल पदाधिकारी र दर्शकको भिडमा कोभिड फैलन नदिन जापानले कस्तो जुक्ति निकालेको छ त ?

कोभिडको भय ओलम्पिकमा

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले जुन तथ्यांक सार्वजनिक गरेका छन्, त्यसबाट थाहा हुन्छ कि २१ जुलाईसम्ममा ९१ जनामा कोभिड संक्रमण पाइएको छ ।

यसमा आयोजक समितिका कर्मचारी, राष्ट्रिय समितिका सदस्य, स्वयम्सेवक आदि सामेल छन् । यसमध्ये कति संचारकर्मी समेत छन् । धेरैजसो संक्रमण त्यहाँ कार्यरत ठेकदारहरुमा देखिएको छ ।

के जापानमा कोभिड बढ्दैछ ?

मे महिनाको मध्यमा जापानमा कोरोना उत्कर्षमा थियो । जुन महिनाको अन्त्यमा यहाँ कोरोना संक्रमणका दर पुन बढ्न थाल्यो ।

२१ जुलाईमा जापानको स्वास्थ्य मन्त्रालयले ४ हजार ९ सय ३३ नयाँ संक्रमित भएको पुष्टि ग¥यो । पछिल्लो दिनको तुलनामा १ हजार १ सय ९० जना बढी संख्या थियो यो । तर, अहिले दिनहु बढ्ने यो क्रम केही मत्थर भएको छ ।

कोभिड १९ ले ओलम्पिकलाई कसरी बदल्छ ?

विशेषज्ञका अनुसार खेललाई सुरक्षित रुपले आयोजना गर्नका लागि दैनिक संक्रमण दर १ सय भन्दा कम रहनु जरुरी छ ।

मे महिनाको दोस्रो हप्तापछि कोभिडको घटनामा गिरावट आएको छ । तर, दैनिक कम्तिमा चार सय जना संक्रमित थपिदैछ । संक्रमणको यो क्रम फेरी बढ्दो छ ।

टोकियोमा आपतकाल लागु गरिएको छ । आयोजकस्थलहरुमा दर्शक उपस्थित हुन पाउने छैनन् । टोकियो र फुकुशिमामा दर्शकलाई पूर्ण निषेध गरिएको छ भने शिजुओका र मियागी प्रान्तमा सीमित दर्शकलाई जान अनुमति दिइएको छ ।

टोकियोमा बार र रेष्टुरेन्ट खोल्नका लागि समय सीमा तय गरिएको छ । राजधानी निवासीलाई अत्यावश्यक विना यात्रा गर्न दिइने छैन । मास्क लगाउन र घरबाटै काम गर्न भनिएको छ ।

जापानमा कतिले खोप लगाए ?

१९ जुलाईसम्म मुलुकका ३५ प्रतिशत बढी जनसंख्याले कम्तीमा एक खुराक लगाइसकेका छन् । त्यसैगरी २३ प्रतिसतले कोरोना खोपको पुरा डोज पाइसकेका छन् ।

अमेरिका, फ्रान्स र  जर्मनीमा ४० देखि ५० प्रतिशत व्यक्तिले खोपको पुरा डोज लगाइसकेका छन् । बेलायतमा त ५३ प्रतिशतले पुरा डोज लगाएका छन् ।

केही महिनाअघिसम्म यहाँ केवल फाइजर भ्याक्सिनलाई मात्र मान्यता दिइएको थियो । यस प्रक्रियामा धेरै समय किन लाग्यो भने जापानले अन्तर्राष्ट्रिय स्तरमा गरेका परीक्षण साथसाथै आफ्नो परीक्षणमा पनि जोड दियो । खोपको विश्वसनियता बुझ्न उनीहरुले यसो गरेका थिए । साथसाथै यसको साइड इफेक्टको चिन्ता पनि गरिएको थियो । इम्पिरियल कलेज लन्डनले १५ देशमा गरिएको एक शोध अनुसार जापानका मान्छेहरुले खोपमा सबैभन्दा कम विश्वास गरेका थिए ।

जापानको कानुनले चिकित्सक र नर्सलाई मात्र खोप लगाउन अनुमति दिएको थियो ।

जापानले के  जुक्ति निकाल्यो ?

गएका वर्षहरुमा जब कोरोना फैलियो, जापानले न त लकडाउन लागु गरेका न त आफ्नो सीमा पूर्ण रुपमा बन्द नै ।

२०२० को अप्रिलमा सरकारले आपतकाल घोषणा ग¥यो । जबकि घरमै बस्नको दिशा निर्देशहरु स्वेच्छिक थियो । गैर आवश्यक व्यवसाय बन्द गर्न भनिएको थियो । यद्यपि नियम उल्लंघन गर्नेलाई कुनै दण्ड सजाय दिने कुरा गरिएको थिएन ।

जापानको कुल जनसंख्यामा बुढापाकाको घनत्व बढी छ । यद्यपि सुरुवाती चरणमा जापानले संक्रमण दर र मृत्यु दर नियन्त्रण गर्न सफल भयो ।

जापान कोरोना नियन्त्रणमा सफल हुनुको केही कारण ।

–मास्क लगाउने जस्ता सुरक्षाको उपाय कडाईका साथ पालना गरियो ।

–अंकमाल गर्न, चुम्बन गर्न वा निकट शारीरिक सम्पर्कमा परहेज गराइयो ।

–मुटुरोग, मोटोपन, मधुमेह जस्ता रोगको दर यहाँ कम छ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment