Comments Add Comment

राज कुन्द्रा पक्राउ परेपछि शिल्पा लेख्छिन्–‘भाग्यमानी छु किनकी म जिउँदो छु’

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्न भिडियो निर्माण र विक्री गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । राज कुन्द्रा पक्राउ परेपछि उनकी श्रीमती नायिका शिल्पा सेट्टी सामाजिक संजालबाट टाढा थिइन् । उनले, रियालिटी शोको छायांकन समेत रद्द गरेकी थिइन् । उनै, शिल्पाले सामाजिक संजालमा एउटा पोष्ट गर्दै मनको भावना पोखेकी छिन् ।

शिल्पाले लेखेकी छिन्–‘रिसाएर पछाडि र डराएर अगाडि नहेर्नुहोस् । तर, चारैतिर नजर घुमाएर सजक हुन आवश्यक छ । हामी रिसाएर तिनै मानिसहरुतर्फ हेर्छौ, जसले हामीलाई चोट पुर्याएका छन् । जुन तनाव हामीले भोगेका छौं, त्यो दुर्भाग्य हामीले सहनु पर्नेछ । हामीले डराएर पछाडि हेर्यौ भने आफ्नो जागिर गुमाउन सक्छौं, बिरामी पर्न सक्छौं या कोही आफ्नो मान्छेको मृत्युको डरले सताउन सक्छ । हामीले यो कुरा सुधार गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस राज कुन्द्रा : पोर्न भिडियोका लागि युवतीलाई यसरी फन्दामा पार्थे  

शिल्पाले अगाडि लेखेकी छिन्–‘अब जे भयो त्यसलाई लिएर तनाव लिनु हुँदैन तर आँखा खुल्ला राख्नुपर्छ । म लामो श्वास लिन्छु र सोच्छु कि म भाग्यमानी छु किनकी म जिउँदो छु । म पहिला पनि थुप्रै चुनौतीबाट बचेकी हुँ र फेरि पनि बच्नेछु । कसैले पनि आज मलाई मेरो जिन्दगी बाँच्ने अधिकारबाट रोक्न सक्नेछैन ।’

यो पनि पढ्नुहोस राज कुन्द्राले मेरो प्राइभेट नम्बर लिक गरिदिएः पूनम पाण्डे

प्रहरीले शिल्पा सेट्टी राजको यो धन्दामा कतैबाट पनि सक्रिय नरहेको बताइसकेको छ । शिल्पा र राजले सन् २००९ मा बिहे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment