Comments Add Comment

१७ साउनबाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई उडान

८ साउन, काठमाडौं । आगामी १७ साउन (१ अगस्ट)बाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई सेवा उपलब्ध हुने भएको छ । यसअघि चार्टर्ड उडान मात्र हुने यो रुटमा अब बुद्ध एयरले नियमित उडान तालिका सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार साताको यो रुटमा साताको तीन उडान नियमित हुने भएको हो । जहाज आइतबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ९ः१० मा उड्नेछ ।

यो जहाज १० बजे बिहान नेपालगन्जबाट पोखरा फिर्ता हुने गरि तालीका तय गरिएको हछ । बुद्ध एयरले क्षेत्रिय उडानलाई बढाउने सन्दर्भमा पोखरा-नेपालगन्ज रुटमा उडान बिस्तारको योजना यसअघि नै सार्वजनिक गरेको थियो ।

यसबाट भारतीय पर्यटकलाई समेत पोखरा आकषिर्त गर्न सहज हुनेछ । सरकारले आन्तरिक उडानमा मागेजति उडान खुला गरेसँगै अब एयरलाइन्सहरुले यात्रु आकर्षित गर्न प्याकेजहरु समेत लागू गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment