+
+

रेशम चौधरीलाई रिहा गर्न जसपा सांसद झाको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १४:४६
फाइल तस्वीर

८ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे । एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

पूर्ववर्ती सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश यथाशीघ्र पारित गर्न समेत झाले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?