+

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

२०७८ साउन  १० गते ११:१३ २०७८ साउन १० गते ११:१३
टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलमपिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले आफ्नो पहिलो स्वर्ण पदक जितेको छ ।

जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् ।

कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समय सहित स्वर्ण जिते ।

यस्तै अमेरिकाकै जे लिथरल्याण्डले ४ मिनेट १०.२८ सेकेण्ड समय निकाल्दै रजत जिते भने अष्ट्रेलियाका स्मिथ ब्रेण्डनले कास्य जिते ।

स्वर्णको खाता खोलेपछि अमेरिकाले टोकियो ओलम्पिकमा कुल ७ पदक जितिसकेको छ। एक स्वर्ण तीन रजत र तीन कांस्यहसति अमेरिका तेस्रो स्थानमा छ । चीनले तीन स्वर्ण र आयोजक जापानले २ स्वर्ण जितिसकेको छ ।

टोकियो ओलम्पिक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय