Comments Add Comment

बार्सिलोनाको सहज जित, डिपाएको डेब्यु गोल

१० साउन, काठमाडौं । प्रि सिजनमा बार्सिलोनाले लगातार दोस्रो जित हात पार्ने क्रममा गिरोनालाई पराजित गरेको छ ।

डच खेलाडी मेम्फिस डिपाएले क्याटलान क्लबका लागि यसै खेलमार्फत डेब्यु गर्दा शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई ३-१ ले पराजित गरेको हो ।

खेलको २१औं मिनेटमा कप्तान जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । यसअघिको प्रि सिजन खेलमा मानाजले जिम्न्यास्टिक विरुद्ध ह्याट्रिक गरेका थिए ।

४२ औं मिनेटमा गिरोनाका सामु सैजले पेनाल्टीमा गोल गर्दौ गोल अन्तरमा कम पारे ।

तर दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप्दै सहजै खेल जित्यो ।

८५ औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गरे । केही दिनअघि मात्र बार्सिलोनाको खेलाडीको रुपमा प्रस्तुत भएका डिपाएले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै बार्सिलोनाको जर्सीमा पहिलो खेल खेलेका हुन् । उनी मानाजको स्थानमा ४३औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment