Comments Add Comment

‘रियल हिरोइन’ बन्न चाहने मलिका

कोभिडको महामारीको समयमा नायक पल शाहले सामाजिक सेवामा आफूलाई सक्रिय बनाए । जसकाकारण, उनलाई ‘रियल हिरो’ भन्न थालिएको छ । नायक शाहलाई उनका फ्यान, चलचित्रकर्मीहरु पनि ‘रियल हिरो’ मान्छन् ।
चलचित्र क्षेत्रमा पल शाहको सामाजिक कामबाट प्रभावित हुनेहरु पनि छन् । यही सूचीमा पर्छिन् नायिका मलिका महत ।

नायक शाहसँग ४ वटा म्यूजिक भिडियोमा काम गरेर चम्किएकी मलिका महत आफूलाई दर्शकले ‘रियल हिरोइन’ भनेर चिनेको खण्डमा यो आफ्ना लागि ठूलो उपलब्धी हुने बताउँछिन् । मलिका भन्छिन्–‘पल शाहको कामबाट म प्रभावित छु । उहाँलाई दिइएको सम्मान एकदमै ठिक छ । म पनि सामाजिक काम सुरु गर्ने सोचमा छु । कुनै दिन दर्शकले मलाई ‘रियल हिरोइन’ भनेर चिन्नु भयो भने मेरो लागि त्यो खुशीको पल हुनेछ ।’

चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा प्रवेश गरेकी नायिका महत दर्शकमाझ भने म्यूजि भिडियोका कारण परिचित छिन् । उनले अभिनय गरेका ‘फुलबुट्टे सारी, टाढा भएपनि, आँखैमा आउने सपनी’ लगायतका गीत सुपरहिट भैसकेका छन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment