Comments Add Comment

क्राइम ब्रान्चसँग शिल्पाको बयान–‘राजले पोर्न होइन इराटिक फिल्म बनाउँथे’

पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको थियो । शिल्पासँग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर पुगेको थियो । प्रहरीले राजलाई पनि सँगै लिएर गएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीसँग बयान दिने क्रममा शिल्पाले यो बिषयमा आफूलाई अलग राखेकी छिन् । उनले, पोर्न चलचित्र बनाउने कुरामा आफ्नो कुनै भूमिका नरहेको पनि स्पष्ट पारेकी छिन् ।

भारतीय मिडियाका अनुसार, शिल्पाले प्रहरीसँगको बयानमा उनका श्रीमान् राज कुन्द्राले हटसट्स नामक एपमा पोर्न नभएर इराटिक चलचित्र बनाउने गरेको दाबी गरेकी छिन् । शिल्पाले हटसट्समा उपलब्ध भएका भन्दै कैयौं अश्लिल बिषयवस्तु समावेश भएका चलचित्र ओटीटी प्लेटफर्ममा उपलब्ध भएको बयान दिएकी छिन् ।

शिल्पाले यो बिषयमा राजका आफन्त प्रदिप बख्शीलाई दोषी ठहर्याएकी छिन् । शिल्पाले लण्डनमा बसोबास गर्ने प्रदिपले यो एप चलाइरहेको बताउँदै आफ्ना पति निर्दोष रहेको दाबी गरेकी थिइन् । शिल्पाले आफूलाई हटसट्समा चलचित्रहरु सार्वजनिक गर्ने गरेको बिषयमा कुनै पनि जानकारी नभएको पनि बयान दिएकी छिन् ।

शिल्पाले केही दिन अगाडि मात्र राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिज’बाट राजिनामा दिएकी थिइन् । यसैले, प्रहरीले शिल्पा यो घटनामा सहभागी छिन् या छैनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ । क्राइम ब्रान्चले पोर्न चलचित्रको माध्यमबाट शिल्पाले पैसा कमाएकी थिइन् या थिइनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका राज कुन्द्राले भने आफ्नो गिरफ्तारीको विरुद्धमा मुम्बइको उच्च न्यायलमा मुद्दा दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment