+
+
Shares

यातायात व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए गाडीको ‘चाबी’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १९:१७

१० साउन, काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ । आफूहरुको माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणसहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि व्यवसायीले माग गरेका छन् ।

त्यस्तै दुई वर्षसम्मको सवारी नविकरण कर छुट दिनुपर्ने, सडकसम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने माग पनि महासंघले राखेको छ ।

महासचिव भरत नेपालले आफूहरुले ७ बुँदे माग राखेर असार २४ गतेदेखि आन्दोलन शुरु गरेको र चाबी बुझाउने कार्यक्रम पहिलो चरणको अन्तिम कार्यक्रम भएको बताए । ‘यो मागबारे सरकार कति गम्भीर हुन्छ त्यो हेर्छौं, भोलि हाम्रो समीक्षा बैठक छ, त्यसपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा हुन्छ’ उनले भने ।

हेर्नुहोस् यातायात व्यवसायीको माग

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय अगाडि यातायात व्यवसायीको प्रदर्शन 

 

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?