+
+
Shares

भरतमणिका लागि भोट माग्दै योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १२:२३

नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि भोट गर्न अपिल गरेका छन् । केही दिन अगाडि योगेशकै पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा, १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका छन् ।

ताप्लेजुङका भरतमणिलाई च्याम्पियन बनाउन योगेशले सम्पूर्ण नेपालीसँग भोट अपिल गरेका हुन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हास्यव्यङ्ग्य क्षेत्रको उदाउँदो मणि जस्तो लाग्छ । कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछायाँमा हाम्रै गाउँ घरमा हुर्केका यी ताप्लेजुङे ठिटो हाम्रो त प्रिय छँदैछन्, त्योभन्दा पनि बढी प्रतिभाशाली छन् । कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपालीले पनि आनन्दको अनुभूति गर्नुहुनेछ । यो मेरो व्यक्तिगत अनुभूति मात्रै हो । बाँकी निर्णय अधिकार त तपाइँहरुकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।’

अहिले यो शोको उत्कृष्ट ६ मा पुगेका प्रतिस्पर्धीहरुलाई जिताउनका लागि उनीहरुका क्षेत्रका मुख्यमन्त्रीदेखि नेताहरुसम्म सक्रिय देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?