Comments Add Comment

पशुपतिमा साउने सोमबारको चहलपहल

११ साउन, काठमाडौं । साउन महिना हिन्दु धर्मावलम्बीहरुका लागि विशेष महिना हो । साउन महिनामा उनीहरुले भगवान शिवलाई खुशी बनाउन पूजा आराधना गर्छन् ।

साउन सोमबार चाहिँ हिन्दु महिलाका लागि विशेष पर्व हो । उनीहरु भोकै व्रत बस्ने, शिव मन्दिरहरुमा गई पूजा गर्ने, जल चढाउने आदि गर्छन् । त्यसैले साउनको सोमबार काठमाडौंका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुको भीड लाग्छ ।

काठमाडौंको पशुपतिनाथमा आज सोमबार धेरै महिलाहरु पूजा गर्न पुगेका छन् । सामान्य अवस्थामा पशुपतिमा सोमबारको दिन ठूलो भिड लाग्ने गथ्र्यो । तर यस वर्ष कोरोना महामारीका कारण मन्दिर जानेको संख्या भने कम छ ।

कोरोना महामारी नियन्त्रणका लागि यस वर्ष सरकारले मन्दिरमा नित्यपूजा बाहेकका अरु पूजा बन्द गरेको छ । तर साउनको सोमबार उक्त नियमको उल्लंघन गर्दै मानिसहरु मन्दिरमा पुगेका छन् । मन्दिर जानेहरु केहीले मास्क लगाए पनि धेरै मानिसहरु कोरोना महामारीबाट वच्न स्वास्थ्य सावधानी अपनाएको देखिँदैन ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शंकर गिरी

ट्रेन्डिङ

Advertisment