Comments Add Comment

अपराध बोध र ग्लानीबाट कसरी मुक्त हुने ?

ईष्र्या, क्रोध, गर्व, उपलब्धि जस्तै एक शक्तिशाली भावना हो अपराधको बोध हुनु । अपराध बोधसँगै आत्म शंका र लाजको भावना विकास हुने गर्छ । जतिबेला हामी हाम्रो गल्ती देख्दैनौं या त अर्काको सम्पूर्ण गल्ती देख्छौं भने हामी मानसिक रुपमा नै नकारात्मकताले भरिन थाल्यौं भन्ने बुझ्दा हुन्छ । अपराध बोधका लक्षणहरु एवं यसको प्रकारलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ।

अपराध बोधका लक्षणहरु

-भावना

-चिन्ता

-अपमान

-निराशा

-तनाव

-डिप्रेसनको लक्षण

-आफैँलाई दोषी देख्नु

अपराध बोधका प्रकारहरु

मनोचिकित्सकहरु दुई प्रकारका अपराध बोधको परिभाषा दिन्छन्, जुन निम्नानुसार छन् ।

आत्म ग्लानी बोधको भावना

स्वस्थ दोषी भावना त्यो हो जसमा एक व्यक्तिले स्वीकार गर्ने गर्छ कि उसले गल्ती गरेको छ । उसको लागि त्यो गल्ती आफैँमा हीनताबोधको सूचक हो । कोहीमाथि हामीले चिच्यायौं भने केही बेरमा नै हामी किन चिच्यायौं होला ? भनेर बेखुसी महसुस गर्छाैं । अर्काेपालि त्यसरी नचिच्याउने कोसिस पनि हामी गर्छाैं । यो अवस्थालाई मनोविज्ञानको भाषामा हेल्दी गिल्ट भन्ने गरिन्छ ।

ग्लानीबाट निस्किने तरिकाहरू

समस्या समाधान गर्नुहोस्

यदि तपाईंले कुनै गल्ती गर्नुभयो भने यसलाई सुधार्ने प्रयास गर्नुहोस् । कुनै समस्या पर्दा तपाईंको गल्ती कति थियो, तपाईं त्यो काममा गलत हुनुहुन्छ कि हुनुहुन्न ? यो सबैको राम्रो विश्लेषण गर्नुहोस् । चाँडो तपाईंले गल्ती सच्याउनुहुनेछ, चाँडो तपाईं त्यो भावनाबाट बाहिर आउनुहुनेछ । यदि कसैले गल्ती गरेको छ भने उसलाई क्षमा गर्नुहोस्, ताकि तपाईं पनि आनन्दित हुन सक्नुहुन्छ ।

आफ्नो व्यवहार बदल्नुहोस्

जब तपाईं समस्या बुझ्नुहुन्छ, यसलाई सच्याउनुहोस् । तपाईंको व्यवहार परिवर्तन गर्नुहोस् । धेरै चीजहरू हाम्रो गलत आचरणको कारणले हुन्छन् । मदिरा आदिका कारण गलत व्यवहारको विकास हुन्छ । तपाईको ब्यवहार परिवर्तन गर्नाले अरुलाई तपाईबाट समस्या हुँदैन ।

स्वीकार्नुहोस् र अघि बढ्नुहोस्

तपाईको गल्ती स्वीकार गर्नुले गल्तीको कुण्ठा भरिँदैन । कुण्ठा नभरिँदा हामीलाई हतोत्साहित बनाउँदैन । गल्तीहरू स्वीकार गरेर माइन्डफुल टेक्निकबाट राम्रो र नराम्रा पत्ता लगाउनुहोस् । विचारशील प्रविधिको साथै भावनात्मक कारण पनि अपनाउनुहोस् ।

दृढ हुनुहोस्

जब तपाई दोषी हुनुहुन्छ, आफ्नै गल्तीहरू हेर्नुहोस् र अरुका गल्तीहरूलाई हेर्नुहोस् । अरूलाई पनि उनीहरूको गल्तीको लागि दोष नदिनुहोस् । त्यसो गर्दा उनीहरू उत्प्रेरित हुन सक्छन् ।

प्रतिज्ञा गर्नुहोस्

आफैंबाट सकारात्मक प्रतिज्ञाको सुरुवात गर्नुहोस् । आफैंमा निर्णय गर्नुहोस् कि तपाईले आफ्ना कमजोरीहरूलाई सच्याउनु हुनेछ । उदाहरणका लागि, पिउने बानी भएको व्यक्तिले आफूलाई यो निश्चित गर्छ कि उसले अब फेरि पिउँदैन । तर ऊ आफ्नो प्रतिज्ञामा दृढ हुन सक्दैन ।

आफैँसँग कुरा गर्नुहोस्

आफूले आफैसँग कुरा गरेर हामी हाम्रो आफ्नै समस्याहरू बुझ्न सक्छौं । आफैसँग कुरा गर्नुहोस् र आफैलाई व्याख्या गर्नुहोस् । आफैसँग कुरा गरेर आफूलाई असभ्य नबनाउनुहोस् ।

ग्लानीबाट उम्कने तरिकाहरू

सत्यसँग बाँच्न

यदि तपाईंको परिवार वा वरपर  कुनै घटना भएको छ भने यो तपाईंको कारणले भएको हो कि होइन ? पत्ता लगाउनुहोस् । तपाईं त्यो परिस्थितिमा कुनै सहयोग गरेर घटना घट्नबाट बचाउन सक्नुहुनेछ ? यदि त्यस्ता भावनाहरू तपाईंको दिमागमा आउँदैछ भने त्यसलाई तत्कालै आफ्नो दिमागबाट हटाउनुहोस् । सोच्नुहोस् कि सामान्य अवस्थामा बाहेक तपाईंले यो अवस्थालाई परिवर्तन गर्न सक्नुहुन्न । जसबाट तपाईं ग्लानीबाट मुक्न हुन सक्नुहुनेछ ।

आकलन गर्न सिक्नुहोस्

आफैँलाई जाँच्नुहोस् कि यी परिस्थितिहरूबाट बाहिर निस्किने उपाय के हुन सक्छ । यदि तपाईंले चालेको पाइला राम्रो छ भन्नेमा तपाईंं निश्चित हुनुहुन्छ कि हुन्न भन्नेमा आफैलाई न्याय गर्नुहोस् ताकि तपाईं आफ्नो अनुसार परिस्थिति बुझ्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment