१२ साउन, काठमाडौ । जापानी टेनिस खेलाडी नाओसी ओसाका टोकियो ओलम्पिक २०२० मा तेस्रो चरणबाटै बाहिरिएकी छिन् ।
टोकियोस्थित एरिउके टेनिस पार्कमा भएको महिला एकलतर्फको खेलमा चेक रिपब्लिककी मार्केटा भोन्ड्रोउसोभासँग सोझो सेटमा स्तब्ध हुँदै ओसाका बाहिरिइन् ।
मार्केटाले टोकियो ओलम्पिकमा दोस्रो वरीयता प्राप्त ओसाकालाई ६-१, ६-४ ले सहजै पराजित गरिन् ।
ओलम्पिक उद्घाटनमा ओलम्पिक फ्लेम बालेकी ओसाकाले मारकेटाविरुद्ध भने राम्रो खेल्न सकिनन् । उनले ३२ अनफोर्ड्स एरर गरेकी थिइन् ।
हारपछि ओसाकाको ओलम्पिकमा पदक जित्ने सपना अधुरै बनेको छ ।
फोटो: रोएटर्स
प्रतिक्रिया 4