+
+

यस वर्षको अन्तिमसम्ममा इराकबाट अमेरिकी सेना फिर्ता जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते ११:५४

१२ साउन, काठमाडौं । यस वर्षको अन्तिमसम्ममा इराकबाट अमेरिकी सेना फिर्ता जाने भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले इराकको युद्ध मिसनमा रहेका सेनाहरु फिर्ता गर्ने बताएका छन् । यद्यपि इराकी सेनालाई परामर्श र तालिम दिने सेना भने इराकमा कायम रहनेछन् ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल काढिमीसँगको वार्तापछि बाइडनले यस्तो बताएका हुन् । अहिले इराकमा करिब २५ सय अमेरिकी सेना छन् । चरमपन्थी संगठन इस्लामिक स्टेटसँगको युद्धको लागि अमेरिकी सेना इराक आएका हुन् ।

गत वर्ष इराकको राजधानी सहर बगदादमा अमेरिकाले इराकी जनरल कासिम सुलेमानीको हत्या गरेपछि इराकमा अमेरिकी सेनाको उपस्थितिको विषयमा प्रश्न चिह्न उठेको छ । इरान समर्थित पार्टीाका नेताहरुले सबै अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।

इराकबाट आफ्ना सैनिक फिर्ता ल्याउने बाइडनको घोषणासँगै अमेरिकाको लागि पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले सुरु गरेको अर्को लामो युद्ध पनि सकिने भएको छ । यसअघि नै उनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता ल्याउने निर्णय गरिसकेका छन् ।

ह्वाइट हाउसमा इराकी प्रधानमन्त्रीसँग कुरा गर्दै बाइडनले भने, ‘हामी नयाँ चरणमा प्रवेश गरेपनि हाम्रो आतंकवादविरुद्धको सहकार्य पनि निरन्तर जारी रहन्छ ।’

इराकी प्रधानमन्त्रीले अब इराकका लागि कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?