Comments Add Comment

यी १० लक्षण देखिए तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ

काठमाडौं । पेगासस साफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ । पेगाससजस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ । यीमध्ये केही एपले मोबाइल फोनबाट वित्तीय जानकारी पनि चोर्ने गर्छन् । केहीले तपाइँको फोनको ग्यालरी, फोन कल, म्यासेजलगायतका सबै कुरालाई कन्ट्रोल गर्न चाहिरहेका हुन्छन् ।

त्यस किसिमका एप र टूलहरु तपाइँकै मोबाइलमा हुन्छन् तर तपाइँलाई थाहा हुँदैन । यस्तोमा आफ्नो मोबाइल ह्याक भएको हुन सक्ने केही संकेत यहाँ उल्लेख गरिएको छ –

१. फोनको ब्याट्रि सामान्य अवस्थामा भन्दा निकै छिटो सकिनु

तपाइँको फोनको ब्याटि्र सामान्य अवस्थामा भन्दा निकै छिटो सकिइरहेको छ भने तपाइँको मोबाइलमा त्यस किसिमका जोखिमपूर्ण एपले जासुसीको लागि प्रयोग हुने किसिमका कोडको प्रयोग गर्दा धेरै ब्याटि्र खपत हुने गर्छ । तर, तपाइँको ब्याकग्राउण्डमा धेरै एपहरु चलिरहेको अवस्थामा पनि धेरै ब्याटि्र खपत हुन्छ, त्यसैले सबैभन्दा पहिला सबै एपहरु बन्द गर्नुहोस् र त्यसपछि मोबाइलको ब्याटि्र कति टिक्छ हेर्नुहोस् ।

२. डाउनलोड नगरेका एप देखिनु

तपाइँले आफ्नो फोनमा डाउनलोड नै नगरेको एप देख्नुभयो भने यो काम ह्याकरको हुन सक्छ ।

३. फोन स्लो हुनु

तपाइँको स्मार्टफोन एक्कासी स्लो हुन थाल्यो भने पनि तपाइँ सतर्क हुनुपर्ने हुन्छ । मोबाइल स्लो हुनुको कारण अन्य पनि हुन सक्छन् तर एक्कासी मोबाइल स्लो हुनुको कारण भने जोखिमपूर्ण एप वा सफ्टवेयर तपाइँको मोबाइलमा हुनु पनि हो ।

४. अत्यधिक डेटा खपत हुनु

अचानक मोबाइलमा अत्यधिक डेटा खपत हुन थाल्यो भने पनि यो राम्रो संकेत होइन । यस्तो हुँदा तपाइँको मोबाइलमा जासुसी गर्ने एप वा सफ्टवेयरले डेटाको प्रयोग गरिरहेको पनि हुन सक्छ ।

५. फोन असामान्य हुनु

तपाइँले फोन असामान्य तरिकाले चल्न थाल्यो भने पनि यसले ह्याकिङको संकेत गर्छ । एपहरु अनपेक्षितरुपमा बन्द हुने र खुल्न नसक्नेजस्तो समस्या देखिन सक्छ भने धेरै साइटहरु यसअघि देखिनेभन्दा फरक तरिकाले देखिन थाल्छ । यस्तो भएको छ भने यो राम्रो संकेत होइन ।

६. जताततै अनौठो विज्ञापनहरु देखिनु

तपाइँले मोबाइल प्रयोग गर्दा धेरै ठाउँमा अनौठो किसिमको विज्ञापनहरु देख्न थाल्नुभयो भने तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ । कहिल्यै पनि त्यस्ता लिंकहरुमा थिच्नु हुँदैन ।

७. आफूले नराखेका फोटो ग्यालरीमा देखिनु

तपाइँले आफ्नो ग्यालरीमा नराखेका फोटोहरु पनि देख्न थाल्नुभयो भने तपाइँको क्यामेरालाई बाहिरबाट कसैले निगरानी गरिहेको हुन सक्छ ।

८. फ्ल्यास लाइट आफैं अन हुनु

आफूले मोबाइल नचलाएको अवस्थामा पनि फ्ल्यास लाइट अन हुनु मोबाइल ह्याक हुन सक्ने अर्को कारण हो । तपाइँको मोबाइललाई अरु कसैले कन्ट्रोल गरिरहेको अवस्थामा यस्तो हुन सक्छ ।

९. फोन तात्नु

लामो समयसम्म चलाउँदा फोन तात्नु स्वाभाविक हो । यद्यपि तपाइँले नचलाउँदा पनि फोन तात्छ भनेचाहिँ मोबाइल ह्याक भएको हुन सक्छ ।

१०. आफूले नगरेको नम्बरहरु फोनलगमा देखिनु

तपाइँले अफ्नो फोन लग वा म्यासेजमा आफूले डायल नगरेको नम्बर वा नपठाएको म्यासेज देख्नुभयो भने तपाइँ सतर्क हुनुपर्ने हुन्छ । यो पनि मोबाइल ह्याक भएको हुन सक्ने संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment