+

मनाङ मर्स्याङ्दी क्लबले पोखरामा फुटबल एकेडेमी सञ्चालन गर्ने

२०७८ साउन  १२ गते १७:५७ २०७८ साउन १२ गते १७:५७
मनाङ मर्स्याङ्दी क्लबले पोखरामा फुटबल एकेडेमी सञ्चालन गर्ने

१२ साउन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मनाङले पोखरामा एकेडेमी सञ्चालन गर्नका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग ६ वर्षको सम्झौता गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

कीर्तिमानी आठ पटकको लिग विजेता मनाङ एकेडेमी सञ्चालनका लागि सम्झौता गर्ने समग्रमा सातौं र विभागीय बाहेकको चौथो क्लब बनेको छ । यसअघि नै संकटा क्लब, एनआरटी र सातदोबाटो युवा क्लबले एकेडेमी सञ्चालनका लागि विभिन्न स्कुलसँग सम्झौता गरिसकेका छन् ।

मंगलबार नेपाल आदर्श आवासीय विद्यालयमा भएको कार्यक्रममा मनाङ, एन्फा र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ, आदर्श आवासीय विद्यालयका प्रिन्सिपल कमल गुरुङ र एन्फा उपाध्यक्ष तथा ग्रासरुट एण्ड युथ कोअर्डिनेटर उपेन्द्रमान सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलबाट ७/७ गरी कुल १४ खेलाडी हुनेछन् । दोस्रो वर्ष क्लबबाट १४ खेलाडी रहनेछन् र कुल २१ खेलाडी हुनेछ ।

फुटबल एकेडेमी मनाङ मर्स्याङ्दी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय