Comments Add Comment

केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी नदीमा उल्लेख्य बहाव बढ्ने पूर्वानुमान

१३ साउन, काठमाडौं । आज कोशी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने हुने पूर्वानुमान महाशाखाले गरेको छ । नारायणी र यसका सहायक नदीहरुको बहाव भने सामान्य घटबढ हुन सक्ने छ ।

महाशाखाले बुधबार बिहान सात बजे जारी गरेको आगामी २४ घण्टाको बाढी पूर्वानुमान बुलेटिनमा उक्त कुरा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ । त्यसैले बुधबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार प्रदेश १ को ताप्लेजुङ र संखुवासभा, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा र महोत्तरी, लुम्बिनी प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा बाढीको मध्यम जोखिम छ ।

यसैगरी गण्डकी प्रदेशको लम्जुङ, बाग्लुङ र पर्वत, लुम्बिनी प्रदेशको प्युठान, गुल्मी, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डोटी र डडेलधुरा पनि आगामी २४ घण्टासम्म बाढीको मध्यम जोखिममा रहेको पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी जिल्लाहरुमा सतर्कता अपनाउन महाशाखाले सरोकारवाहरुलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment