Comments Add Comment

स्कुटर चोरी गरेको आरोपमा युवक पक्राउ

१३ साउन, बाँके । बाँकेमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बार बर्दिया नगरपालिका-९ बैदीका उमेश चौधरीलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे ७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

स्कुटर चोरी भएको भन्ने खबर पाएपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले चौधरीको घरमा उक्त स्कुटर लुकाई राखेको अवस्थामा फेला पारेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment