Comments Add Comment

मेरो स्वर जसको अनुहारमा राखे पनि सुहाउँछ : हरिवंश आचार्य

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको अभिनयको फ्यान नहुने शायदै होलान् । हरिवंशले तयार पारेका सिरियलदेखि चलचित्रसम्मलाई दर्शकले निकै मन पराएका छन् ।

तर, हरिवंशको परिचय कलाकारमा मात्र सीमित छैन । हरिवंशको स्वरमा दर्शकले विभिन्न समयमा गीत पनि सुन्न पाएका छन् । उनको स्वरलाई रुचाउने श्रोताको संख्या पनि धेरै छ ।

हरिवंशले पछिल्लो पुस्ताका कलाकारका लागि पनि स्वर दिएका छन् । उनी भन्छन्, ‘मेरो अनुहारमा जसको स्वर राखे पनि सुहाउँछ । अनि मेरो स्वर जसको अनुहारमा राखे पनि सुहाउँछ । कसै-कसैको स्वर त्यस्तै हुन्छ । आखिर हामीले पनि स्वरदान दिने त हो । रक्तदान, नेत्रदान भने जस्तै स्वरदान गर्ने हो ।’

हरिवंशले गाएका ‘साझा बसमा जो पनि चढ्दछ, हाम्री आमा साह्रै नै बाठी छन्’ लगायतका गीतहरु सुपरहिट भए । उनी भन्छन्, ‘मैले पहिले केही चलचित्रका लागि पनि गीत गाएको छु । ती गीतहरु त्यसबेलाका नायकहरुलाई लागि सुहाएको छ भन्ने लाग्छ ।’

हरिवंशको स्वरमा दर्शकले सन्देशमूलक गीत बढी सुन्न पाएका छन् । तर, कहिलेकाही हरिवंश रोमान्टिक गीत पनि गाउँछन् । उनी भन्छन्, ‘कुनै पनि गीत बज्दा दर्शकले सम्झने भनेको हाम्रो अनुहार हो । त्यसैले कहिलेकाहीं दर्शकले सम्झनका लागि पनि गाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment