+

साफ च्याम्पियनसिप र अल्मुताइरीको राजीनामाबारे छलफल गर्न शुक्रबार एन्फाको बैठक बस्ने

२०७८ साउन  १३ गते १५:५९ २०७८ साउन १३ गते १५:५९
साफ च्याम्पियनसिप र अल्मुताइरीको राजीनामाबारे छलफल गर्न शुक्रबार एन्फाको बैठक बस्ने

१३ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालीन बैठक शुक्रबार बस्ने भएको छ ।

साफ च्याम्पियनसिप र मुख्य प्रशिक्षकले सामाजिक सञ्जालमा राजीनामा दिने घोषणा गरेको विषयमा छलफल गर्न एन्फा कार्यकारी कमिटीको बैठक शुक्रबारको लागि बोलाइएको एन्फाले जनाएको छ । बैठक शुक्रबार ४ बजेलाई तय गरिएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आगामी साफ च्याम्पियनसिप नेपालका आयोजना गर्नका लागि औपचारिक प्रस्ताव पठाएको छ । अब त्यस विषयमा एन्फाले छलफल गरेर विस्तृत विवरण पठाउने यसअघि नै जनाइसकेको छ ।

यस्तै फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले एन्फा वरिष्ठ उपाध्यक्षको कारण आफूले राजीनामा दिने जनाउँदै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।

त्यसपछि एन्फा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई भेट गरे पनि उनले आधिकारिक रुपमा राजीनामा भने दिएका छैनन् । उपाध्यक्ष नेम्वाङले भने आफूलाई आरोप लगाएकोमा उच्चस्तरीय छानविन समिति बनाएर आवश्यक छानविन गर्नुपर्ने माग राखेका छन् ।

अब्दुल्लाह अल्मुताइरी एन्फा साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय