+

गौरिकाले भनिन् : कीर्तिमान सुधार गर्न सकेकामा खुशी छु

२०७८ साउन  १३ गते १७:३४ २०७८ साउन १३ गते १७:३४
गौरिकाले भनिन् : कीर्तिमान सुधार गर्न सकेकामा खुशी छु

१३ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आफू खुशी रहेको बताएकी छन् ।

टोकियो अब्वाईटिक्स सेन्टरमा पहिलो चरणमा प्रतिस्पर्धा गरेकी गौरिकाले १ मिनेट ११ मिलिसेकेण्ड समयसहित लङ कोर्समा कीर्तिमान सुधार गरेकी हुन् ।

‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको छ,’ हिट्स १ को लेन ४ मा गौरिकाले ५० मिटरको लङ कोर्समा कीर्तिमान बनाएपछि भनिन् ।

बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । उनले तोकुसिमामा आफ्नो कोच नभएपनि लङ कोर्समा थोरै अभ्यास गरेर कीर्तिमान बनाउन सकेकामा आनन्द लागेको सुनाइन् ।

गौरिकाले ५० मिटरको लङ कोर्समा २०१९ मा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको कीर्तिमान बनाएकी थिइन् । टोकियो ओलम्पिकमा उनले उक्त कीर्तिमान सुधार गरेकी हुन् ।

गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । २०१६ को रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

ओलम्पिक गौरिका सिंह पौडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय