Comments Add Comment

‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता हुने

१५ साउन, काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौं अन्तिम साता काठमाडौंमा हुने भएको छ ।

नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारण सभाको अवसर पारेर भदौं २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३ सदस्यीय समिति समेत गठन गरेको छ । अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यहरुलाई लागि पर्न आह्वान समेत गरे ।

नाडाको कूल ३ हजार ३ सय ६५ जना सदस्य रहेका छन् । २० जना केन्द्रीय कार्य समितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार नाडाका ८ संस्थागत एशोसिएशनका अध्यक्षले स्वतः केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्नेछन ।

त्यसैगरी ४ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठकले गर्नेछ ।

यसरी नाडाको कूल केन्द्रीय कार्य समितिको कूल संख्या २९ जनाको हुनेछ । अध्यक्ष दुलालले सदस्यता नवीकरणण नगरेकाहरुको नवीकरणणको अन्तिम मिति आगामी भाद्र १८ गतेसम्म रहने गरी कार्य तालिका तय गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment