+
+

सप्तरीमा डुबेर तथा करेन्ट लागेर दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १४:०१

१ भदौ, सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै दुई घट्नामा दुई जनाको डुबेर मृत्यु भएको छ । एक जनाको डुबेर तथा अर्काको करेन्ट लागेर मृत्यु भएको छ ।

खडक नगरपालिका ३ बनरझुल्ला बस्ने २१ वर्षीय सन्तोष ठाकुरको डुबेर मृत्यु भएको छ । घरदेखी करिब १ सय ५० मिटर पश्चिम नारायण चौधरीको आँप बगैचामा माछा मार्न गएको अवस्थामा बगैचामा रहेको पानीमा लडेर अचेत भएका थिए । स्थानीयले उनलाई उद्धार गरी युनिक अस्पताल रुपनी ल्याएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

यस्तै, कंचनरुप नगरपालिकामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर १० बदगामा बस्ने २५ बर्षीय बैजु यादव छन् । छिमेकी केशरी पासवानको घरमा काम गर्न गएको बखत फलामको रड काट्ने क्रममा उनलाई अचानक करेन्ट लोको थियो ।

करेन्ट लागेर सिकिस्त भएका उनको गजेन्द्र नारायण सिंह राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?