देउवाले अध्यादेश फिर्ता लिनुपर्छ, ओली र नेपालले सम्झौता गर्नुपर्छ : योगेश भट्टराई


१ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिंदै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताएका छन् ।
विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु नेतृत्वको असफलता भएको भट्टराईले टिप्पणी गरेका छन् । यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4