
१ भदौ, काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आधिकारिक गीत चयन गर्नका लागि सार्वजनिक रूपमा गीत (अनेसास गान) आह्वान गरेको छ । संस्था ३० वर्ष पुगेको अवसरमा संस्थाका लागि आधिकारिक गीतको आवश्यकता महसुस गरी सार्वजनिक रूपमा आह्वान गरेको हो ।
‘गीत छनौट कार्यविधि अनुरूप छनौटमा परेको सर्वोत्कृष्ट एउटा गीतलाई अनेसास गानको रूपमा प्रयोगमा ल्याइने छ ।’, संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले भने, ‘जसलाई रेकर्डिङ्ग गर्नुको साथै आधिकारिक म्युजिक भिडियोसमेत प्रशारण गर्नेछौ। साथै, प्राप्त गीतहरूमध्येबाट निर्णायकहरूले उत्कृष्ट ठहर्याउनु भएका गीतहरूको सङ्गालो पुस्तकाकारको रूपमा समेत प्रकाशित गरिनेछ ।’
यस्तै संस्थापक अध्यक्ष होमनाथ सुवेदीले ‘अनेसास गान’ को अवधारणाप्रति प्रसन्नता प्रकट गर्दै भने, ‘अनेसास गान’ प्रयोगमा आउन थालेपछि विश्वभरीका स्रष्टाहरुले संस्थाप्रति झनै अपनत्त्व महसुश गर्नेछन्।अनेसासप्रतिको आस्था बढेर जानेछ । यो निकै राम्रो कुराहो ।’
त्यस्तै गरी अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीले ‘अनेसास गान’ को आवश्यकता धेरै अगाडिदेखि महसुश गरिएको भए पनि वर्तमान केन्द्रीय कार्यसमितिले देखाएको अग्रसरता र तदारुकता निक्कै फलदायी बन्ने विश्वास व्यक्त गरे ।
गीत पठाउने अन्तिम मिति सन् २०२१, सेप्टेम्बर ३० सम्मको तोकिएको छ । सर्जकले आफूले रचना गरेको गीत मेल inls.song@gmail.com मार्फत पठाउनुपर्ने छ ।
रचना पठाउँदा सजर्कले पूरा नाम, ठेगाना तथा सम्पर्क नम्बर पनि उल्लेख गर्नु पर्नेछ ।प्रतियोगिताको लागि प्राप्त मध्य उत्कृस्ट १० भित्र पर्ने गीतकारलाई ‘अनेसास गीत सम्मान’ द्वारा सम्मान गरिने कुरा आयोजकले बताएकाछन । यस कुराको निर्णय अनेसास केन्द्रीय कार्यसमितिको हालै बसेको बैठकले गरेको हो ।
सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरमा पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरैआजीवन सदस्य रहेका छन् ।
प्रतिक्रिया 4