+
+

मछिन्द्रसंग सुजलको सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते २१:००

१ भदौ, काठमाडौं । फुटबलर सुजल श्रेष्ठले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसंग सम्झौता नवीकरण गरेका छन् ।

मिडफिल्डर सुजलले नयाँ सिजन शुरु हुनुअघि मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण  गरेका हुन् ।

२०७६ मा सुजल मनाङ मर्स्याङ्दी क्लब  छाड्दै मछिन्द्र पुगेका थिए । त्यही सिजन मछिन्द्रले स्टार खेलाडीहरु जम्मा गर्दै उपाधि जितेको थियो ।

यस पटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मछिन्द्रले सुनील बल र मनिष डाँगीलाई अनुबन्ध गरिसकेको छ ।

ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

यस्तै मछिन्द्रले मुख्य प्रशिक्षक प्रवेश कटुवालको सम्झौता पनि नवीकरण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?