+
+

वीरेन्द्रनगर नगरपालिकाले फागुनभित्रै बजेट कार्यान्वयन गरिसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १४:०२

२ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट तथा कार्यक्रम फागुन मसान्तसम्म खर्च गरी सक्ने बताएको छ ।

नगरका १६ वटै वडाका जनप्रतिनिधि, वडा सचिव र विषयगत शाखाका प्रमुखसँग छलफल गरेको नगरपालिकाले भदौबाटै सबै बजेटलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । ‘बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्ययोजना समेत निर्माण गरिसकिएको छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार उपभोक्ता समितिमार्फत गर्ने कामका लागि भदौबाटै समितिलाई प्रशिक्षणविनै काममा लगाउने निर्देशन दिइएको छ ।

त्यस्तै भौतिक पूर्वाधार निर्माणतर्फका योजनाका लागि पनि भदौबाटै टेण्डर, स्टिमेट गर्ने र असोजबाट कार्यान्वयन गर्ने गरी कार्ययोजाना बनाइएको छ । ‘फागुन मसान्तसम्म पालिकाको बजेट कार्यान्वयन गछौं, त्यसपछिको समयमा संघ र प्रदेशबाट आउने रकमलाई कार्यान्वयन गर्छौं,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?