+
+

अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर, भन्सार र आन्तरिक राजश्वमा को-को ?

भन्सार र आन्तरिक राजस्वमा को ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १८:२४

३ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । मन्त्रालयमा केही दिन अगाडि सरुवा भएर गएका चार जना सहसचिवको पदस्थापन गरिएको हो । तीन जना सहसचिवको जिम्मेवारी भने हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

यसअनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा रहेका झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । उनको स्थानमा शोभाकान्त पौडेल नियुक्त भएका छन् ।

भन्सार विभागमा रहेका महानिर्देशक यमलाल भुसाललाई समेत मन्त्रालयमा तानिएको छ । उनको स्थानमा नारायणप्रसाद सापकोटालाई जिम्मेवारी दिइएको छ । पौडेल यसअघि सञ्चार मन्त्रालय र सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । आचार्य र भुसाललाई मन्त्रालयमा जगेडमा राखिएको छ ।

यस्तै अर्थको प्रशासन प्रमुखको जिम्मेवारीमा केदारनाथ शर्मालाई ल्याइएको छ ।

मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सुमन दाहालको ठाउँमा लगानी बोर्डमा रहेका भूपाल बराललाई लगिएको मन्त्रालयले जानकारी गराएको छ । दाहाललाई आर्थिक नीति महाशाखामा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?