+
+

कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते ९:२४

४ भदौ, धनगढी । कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१२ ऐरीबाट सोही ठाउँका २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।

भारतीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?