+
+

सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १९:०७

४ भदौ, काठमाडौं । गत वर्षको तुलनामा सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार ५८औं प्रतिवेदन सार्वजनिक गर्दै सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको औल्‍याएको हो ।

प्रतिवेदनको अनुसार कार्यसम्पादन परीक्षणमा लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी संख्यालाई आधार लिई १३ उप क्षेत्रबाट ८९ सूचकका आधारमा पूर्णांक कायम गरी विद्यालयको कार्यसम्पादनस्तर परीक्षण गर्दा स्तर घटेको पाइएको छ ।

२०७५ मा एक हजार ९९९ र २०७६ मा ९९६ विद्यालयको कार्यसम्पादनस्तर परीक्षण गर्दा सामुदायिक विद्यालहरुको औषत प्राप्तांक ६३ प्रतिशतबाट घटेर ६० प्रतिशत भएको छ ।

उत्तम, मध्यम रहेका विद्यालयको कार्यसम्पादन स्तर पनि १६ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको छ भने न्यून र समान्यस्तर रहेका विद्यालय ८४ प्रतिशतबाट घटेर ४६ प्रतिशत पुगेको प्रतिवेदनले औल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?