+

लिभरपुलको लगातार दोस्रो जित

२०७८ भदौ  ५ गते २०:१६ २०७८ भदौ ५ गते २०:१६
लिभरपुलको लगातार दोस्रो जित

५ भदौ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले बर्नलीलाई घरेलु मैदानमा २-० ले पराजित गरेको हो ।

एनफिल्डमा घरेलु समर्थकको अगाडि लिभरपुलले मध्यान्तर अघि र पछि एक-एक गोल गर्‍यो । १८ औं मिनेटमा डिएगो जोटाले कोन्स्टान्टिनोस टिमिकासको पासमा गोल गर्दै अग्रता दलाएका थिए । ६९ औं मिनेटमा साडियो मानेले ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको पासमा गोल गरे ।

२७ औं मिनेटमा मोहमम्द सालाहले गोल गरेपनि भिएआरले अफसाइड घोषित गरिदिएको थियो ।

लगातार दोस्रो जितपछि लिभरपुल ६ अंकसहित शीर्ष स्थानमा छ ।

फुटबल लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय